नेपाल ८ वर्षपछि यू-१९ क्रिकेट विश्वकपमा छनोट
काठमाडाैं | फागुन १८, २०७९
काठमाडौं: आइसिसी यू-१९ विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले युएईलाई हराउँदै ८ वर्षपछि विश्वकपमा पुगेको छ । युएईलाई ६ रनले हराउँदै नेपाल विश्वकपमा पुगेको हो ।
योसँगै २०२४ मा श्रीलंकामा हुने यू-१९ विश्वकपको नेपालले स्थान बनाएको छ । जितको लागि १ सय ९२ रनको विजयी लक्ष्य पछ्याएको युएईले ४८ ओभरमा १ सय ८५ रनमा अल आउट भयो । दीपेश कँडेलले ४७ औं ओभरमा तीन विकेट लिँदै नेपालको जित पक्का गराएका हुन् ।
युएईका मध्यक्रमका ब्याटर इथान डी सोल्झाले ६६ बलमा ५ चौकासहित सर्वाधिक ५० रनको योगदान दिए । ओपनर अर्यान्श शर्मा ५० बलमा ४ चौकासहित ३२ रनमा सुवास भण्डारीको बलमा बोल्ड आउट भए । पहिलो विकेटका लागि ओपनर अर्यान सक्सेना र अर्यान्शले १७.२ ओभरमा ६७ रनको साझेदारी गर्दै युएईलाई राम्रो सुरुवात दिलाएका थिए ।
सुवास भण्डारीले अयान्शलाई आउट गर्दै पहिलो सफलता दिलाएका थिए । त्यसपछि नेपालले पाँच रनको अन्तरमा थप दुई विकेट लिँदै ७२-३ को अवस्थामा पुर्याएको थियो । चौथो विकेटका लागि ध्रुव र सोल्झाले ४२ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।
दीपेश कँडेलले अर्का ओपनर अर्यान सक्सेनालाई ६५ बलमा ५ चौकासहित ३४ रनमा दीपक डुम्रेबाट क्याच आउट गराए । सुवास भण्डारीले २२ औं ओभरको अन्तिम बलमा कप्तान आयन खानलाई कप्तान देव खनालबाट शून्यमा क्याच गराएपछि नेपाल खेलमा फर्किएको थियो ।
स्पिनर दीपेश कँडेलको बलमा विशाल विक्रम केसीले लङअनमा सानदार क्याच लिदै ध्रुव पराशरलाई १७ रनमा पेभेलिएन फर्काएका थिए । नेपालका सुवास भण्डारीले १० ओभरमा ३९ रन खर्चेर २ विकेट लिए ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

